बिर्तामोड । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड–३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा छैन । उनका हात चाउरका झार उखेल्न व्यस्त छन् । उनीजस्तै अन्य सातजना महिलाले खुला चउरको झार गोडेको देख्नहरु अचम्ममा पर्छन् । खेतीपातीको यो मौसममा उनीहरुलाई धानबालीको भन्दा बढी…