बारा। राहतमा बाँड्न सडेको दाल बिक्री गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् । मेयर यादवसहित १२ जना बुधबार राती जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितको आदेशमा धरौटीमा रिहा भएका हुन् । मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ हजार…