विर्तामोड । विर्तामोडको हनुमान सेन्ट्रलमा लागेको आगो लगभग नियन्त्रण भएको छ । बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकलले आगो निभाएको छ । आगलागी शुरु हुँदा धँुवाको मुस्लोले भित्र छिर्न नसकेका सुरक्षाकर्मी र बारुण यन्त्रका कर्मचारी आगो शुरु भएको जुत्ता पसलमै पुगेर आगो निभाइरहेका छन् । भुँइतल्लाको जुत्ता पसलबाट शुरु भएको आगोका कारण बिर्तामोड धुवाधुवा भएको थियो…