काठमाडौं । रेमिट्यान्सको वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन सम्मको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स वृद्धिदर घटेको जानकारी दिएको हो । फागुनसम्मको तथ्यांकमा रेमिट्यान्स १।८ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३।४ प्रतिशतले बढेको थियो…