बिर्तामोड - झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न स्थानीयदेखि आसपासका जिल्लाबाट दर्शकहरूको रंगशालामा उपस्थित भएको छ । महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको…