सुशिल दाहाल बाहुन्डाँगी । झापाको पूर्वउत्तर क्षेत्र बाहुनडाँगीमा शनिवार भेटिएका बुद्धिमान जोगी व्याग सिलाउँदै बसिरहेका थिए । भोली उनी भारत जाने तयारीमा छन् । उनी मात्र होइन, सो क्षेत्रमा बसोवास गर्ने जोगीहरु फेरी लगाउन भारत जाने तयारीमा भेटिए । उनैका छिमेकी राजकुमार जोगी शुक्रवार नै भारत छिरे । झापा मेचीनगर– ४ मा जोगीहरुको ठुलो बस्ती…