सीपी मैनाली चढेको कार बर्दिवासमा दुर्घटना : अवस्था गम्भीर

काठमाण्डौ - पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ । मैनाली र उहाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनालीकाे अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डाै लैजान लागिएकाे इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएकाे छ…