झापा गोल्डकप अन्योलमा

पर्वत पोर्तेल काँकडभिट्टा — अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक प्रतियोगिता क्यालेन्डरअनुसार झापा गोल्डकप फागुन १६ देखि हुनुपर्ने हो । तर प्रतियोगिता आयोजनाको सुरसारै छैन । चौथो संस्करणसम्म आयोजित प्रतियोगिता यो वर्ष हुँदैन कि भन्ने धेरैले लख काट्न थालेका छन् । झापा फुटबल क्लबका संरक्षक जलकुमार गुरुङ केही दिनभित्रमा प्रतियोगिताबारे टुंगो लाग्ने बताउँछन् । उनी भन्छन्, ‘एन्फाको क्यालेन्डर…