एमाले कार्यालयमा फर्फरायो देशकै ठूलो झण्डा

ललितपुर - जेन जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आवद्ध घटकका करिब सय जना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी झण्डा हो।…