पत्रकार रजकको शरीरमा गोली भेटिएको भन्ने सूचना गलत : प्रहरी

काठमाडौं । तीनकुनेमा राजावादी समर्थकले आगजनी गरेको घरमा जलेर मृत्यु भएका पत्रकारको शरीरमा गोली भेटिएको भन्ने सूचनामा सत्यता नभएको प्रहरीले जनाएको छ । तीनकुनेमा भएको घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र मृतकको पोस्टमार्टम नभइसकेको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज…