काठमाडौ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देश फेरि अँध्यारो युग तर्फ फर्किन नसक्ने बताउनु भएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठानको २० औं वार्षिक साधारणसभालाई शनिबार काठमाडौमा संवोधन गर्दै उहाँले शहीदहरुको बलिदानीबाट प्राप्त जनाधिकार र स्वतन्त्रता कसैले खोस्न समेत नसक्ने बताउनुभयो । उहाँले कसैले उदण्डता देखाउँदैमा प्राप्त उपल्धिहरुलाई नागरिकले खोस्न नदिने समेत…