गणतन्त्रको विकल्प छैनः महामन्त्री शर्मा

काठमाडौँ, १८ चैत - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजका बैठकमा उहाँले यस विषयमा प्रतिपक्षी सांसदलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । “हाम्रो संसदीय प्रणालीमा संसद् सञ्चालनको आफ्नै परम्परा, मर्यादा र विधिहरु छन्, उक्त विधि बमोजिम देशको प्रधानमन्त्री बोल्दै गर्दा…