बिर्तामोड । झापाको बिर्तामोडबाट अनलाइन सट्टाबाजी (जुवा) मा संलग्न रहेको आरोपमा पक्राउ दुई जना उपर प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । झापा प्रहरीले अवैध स्रोतको रकम प्रयोग भएको देखिएकाले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्ने जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापाबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनलाइन सट्टाबाजी सम्बन्धी कसुरमा…