झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढिकरण गर्नु पर्ने बताउनुभएको छ । इलामको चुलाचुली गाउँपालिकाको चपेटीमा नेकपा एमाले दमक नगरकमिटीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सहकारीको अरबौँ अरब रकम लुट्नेहरुले देशको सिस्टमलाई नै च्यालेन्ज गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो - जनताले आधा पेट खाएर सहकारी जम्मा गरेको रकम…