क्यान झापामा शुभको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशनले क्वालिटी कम्प्युटरका निर्देशक शुभ कुमाई पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रन्जितकुमार पोद्धारको प्रमुख आतिथ्यमा प्रथम आईटी सिस्टम प्रालि बिर्तामोडको तालिम कक्षमा आज आइतबार सम्पन्न…