Banner news

नेपाली कांग्रेस झापाको जिल्ला अधिवेशनको तयारी पूरा

नेपाली कांग्रेस झापाको जिल्ला अधिवेशनको तयारी पूरा


बिर्तामोड । नेपाली कांग्रेस नियमित पक्षधरको झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला अधिवेशन प्रचार प्रसार समितिका संयोजक राजेन्द्र उप्रेतीले भोली बिर्तामोडमा हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

जिल्ला अधिवेशनको उद्घाटन बिर्तामोडस्थित अग्रसेन भवनमा भोली बिहान ११ बजे हुने उप्रेतीको भनाई छ । अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय नेता तथा पूर्वमन्त्री एनपी साउद प्रमुख अतिथिका रूपमा उपस्थित रहने छन् ।

गत साउन २९, ३० र ३१ गते राष्ट्रिय सम्मेलन सम्पन्न भए पश्चात गत भदौ २५ गते पार्टी जिल्ला सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा १५१ सदस्यीय झापा जिल्ला अधिवेशन तयारी समिति गठन गरी काम अघि बढाइएको थियो । यसैक्रममा हालसम्म १३१ वटा वडा समिति, क्षेत्रीय प्रतिनिधि चयन, १५ वटा पालिका, १० प्रदेशसभा क्षेत्र र ५ वटा संसदीय निर्वाचन क्षेत्रको अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

झापा जिल्लामा हालसम्म ४५८५ क्षेत्रीय प्रतिनिधि, १७५ महाधिवेशन प्रतिनिधि र २०० प्रदेश अधिवेशन प्रतिनिधिहरूको चयन भइसकेको जानकारी गराइएको छ ।

जिल्ला संयोजक हुमागाईले नेपाली कांग्रेसको वैधता आफूहरुले प्राप्त गर्ने बताएका छन् । नियमित महाधिवेश पक्षधरहरुलाई अदालतले आधिकारिक कांग्रेसको फैसला सुनाउने बताए । विशेष महाधिवेशन विधि, प्रक्रिया र विधान विपरित भएको नियमित महाधिवेशन पक्षधरहरुको धारणा छ ।

झापामा नियमित महाधिवेश पक्षधरहले जिल्ला अधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जनाएका छन् । प्राप्त सूचना अनुसार जिल्ला सभापतिमा कृष्ण हुमागाई, उपसभापतिमा कालेन्द्र राजवंशी, दमकबाट १ जना, सचिवमा युवाबाट सञ्जय निरौला र सिनियर नेताबाट १ जना बनाउने तयारी छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu