शनिश्चरे - अर्जुनधारा नगरपालिका -१ सिस्ने स्थित खुदुनाबारी - अर्जुनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष पदमा केदार पराजुली भारी मतका साथ विजयी भएका छन् । उपभोक्ता समितिको मंगलबार सम्पन्न भएको निर्वाचनमा पराजुलीले बागी उमेदवार विष्णुप्रसाद प्रसाईलाई ६०३ मतको अन्तरले पछि पार्दै उनी अध्यक्ष पदमा भारी मतका साथ विजयी भएकाहुन् । निर्वाचनमा पराजुलीले १२३६ मत…