काठमाडौँ, २३ कात्तिकः नागरिकता कानुनलाई लैङ्गिक समानता हुने गरी संशोधन गरिनुपर्नेमा कानुनसँग सम्बन्धित अभियानकर्मीले जोड दिएका छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको नागरिकतासम्बन्धी कानुनमा लैङ्गिक समानताको प्रश्न?’ विषयक छलफलमा सहभागीले संविधान र कानुनमा भएका व्यवस्था पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताएका हुन् । नागरिकता समस्याका बारेमा मञ्चमा आबद्ध भएर…