वीरगञ्ज - औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ । हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै छठका सामान किनबेच गर्नेको भीडले सर्वसाधारणलाई आउजाउ गर्न मुस्किल छ । मीनाबजारका स्थानीय व्यापारी राजेश साह छठ पर्वमा ग्रामीण भेगका सर्वसाधारण पनि किनमेल गर्न आउने भएकाले भीडभाड…