बिर्तामोड । आज साँझ छठ पर्वको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज (बिहीबार) मुख्य दिन हो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ । उखुको लाक्रा,ठेकुवा, केराको घरीलगायत ७० प्रकारका पूजा सामग्री व्रतीहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । आज रातभर नदी…