बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका भूगोलमा बसोबास गर्ने काफ्ले बन्धुहरुलाई अब रामप्रसाद काफ्लेको नेतृत्वमा बनेको कार्यसमितिले सहजीकरण गर्ने भएको छ । घटस्थापनाको अवसरमा आइतबार बिर्ताबजारमा आयोजित काफ्ले समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले रामप्रसादको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नगर कार्यसमितिका अध्यक्ष तुलसीराम काफ्लेको अध्यक्षता तथा काफ्ले समाजका केन्द्रीय सचिव गोपाल…