‘कोशी घोषणापत्र’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन

काठमाण्डाै – विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले ९ बुँदे साझा प्रतिबद्धतासहितको कोशी घोषणापत्र–२०८३ जारी गरेको छ । सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य सङ्कल्प लिएको छ । घोषणापत्रमा प्रदेश र पालिकाबीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनामा…