पहिरोले सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण

रविन्द्र काफ्ले पाँचथर, ६ कात्तिकः गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिराका कारण जोखिममा परेका हुन् । पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन्…