विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताउनुभयो। उहाँले भन्नुभयो, यो पनि संवैधानिक व्यवस्था हो ,जनतालाई राहत दिनका लागि गरिएको काम भएको…