काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार्टीको महाधिवेशनमा जुट्न आग्रह गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा संसदको निर्वाचनबारे सर्वोच्च अदालतको फैसलामा भर पर्ने भएपनि आगामी फागुन र चैतसम्ममा स्थानीय तहको चुनाव हुने निश्चित रहेको दाबी समेत गर्नुभएको छ । राप्रपा पार्टीको हालकै गतिहिनता कै अवस्थामा चुनावमा जाँदा…