बालबालिकामाथिको दुर्व्यवहार सह्य छैन : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुर्व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उहाँले अभिभावकविहीन बालकालिकाको अभिभावकत्व राज्यले लिने बताउनुभएको छ । प्रधानमन्त्रीले सन्देशमा कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र…