काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका सभापति एवं पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गर्नुभएको थियो। एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर…