विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् । कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा–शेखरसहितको ‘चिर्केटो सम्झौता’ उद्धृत गर्दै उनी गठबन्धनकै मुख्यमन्त्री भएको बताएका थिए । गठबन्धनले भने माओवादीका…