प्रदेश माननीयलाई मेयरको उम्मेदवार बनाएपछि विद्रोह गरेको थिए : घिमिरे

झापा । स्थानीय तहको चुनावताका रुँदै–रुँदै नेकपा एमाले छाडेका जिल्लास्तरीय नेता डिल्लीराम घिमिरेलाई त्यसबेला गरिएको कारबाही फुकुवा गर्दै मंगलबार एमालेले पुनः जिल्ला कमिटीमा मनोनित गरेको छ । घिमिरे गत स्थानीय तहको निर्वाचनका बेला एमालेका तर्फबाट मेचीनगर नगरपालिकाका नगरप्रमुख पदको उम्मेदवारीमा दावी गरेका नेता हुन् । तर, एमाले छाड्दै स्वतन्त्र तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिए ।…