Banner news

दमक चिसापानी सडकलाई फाल्गुनन्द मार्ग नामकरण गर्न माग

दमक चिसापानी सडकलाई फाल्गुनन्द मार्ग नामकरण गर्न माग

मनकुमार गदाल


दमक । लामो समयदेखि अधुरो रहेको दमक रबि चिसोपानी सडक समयमै काम सम्पन्न गर्न र फाल्गुनन्द मार्ग नामाकरण गर्न माग गरिएको छ ।

झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरि आज दमक चिसापानी सडकको अलपत्र काम चाँडो सम्पन्न गर्न साथै राष्ट्रिय विभूति किराँत धर्मका प्रवर्तक फाल्गुनन्द मार्ग सडकको नामकरण गर्न माग गरिएको हो । पत्रकार सम्मेलनमा किराँत धर्मगुरूको निजी प्रवक्ता डिल्लराम चाम्लिङले दमक रबि सडक किराँत धर्म गुरु महिङगुम अङसीमाङ आत्मनन्द लिङदेनको पहल र सपनाको सडक योजना भएको बताउनु भयो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले किराँत धर्मको कार्यक्रममा सहभागी हुँदा दमक चिसापानी सडकको नाम फाल्गुनन्द मार्ग घोषण गरेको धर्म गुरूका प्रवक्ता डिल्लीराम चाम्लिङले स्मरण गराउँदै सो नामकरणलाई कायम राख्न आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा सहभागी किराँत धर्म साहित्य उत्थान संघ दमकका अध्यक्ष डकेन्द सिंह थेगिमले बेलैमा सडक नबन्दा दर्जनौ नागरिकले ज्यान गुमाईसकेको बताउनुभयो । ठेकेदारको लापरबाहीले राजनीति दलका नेता कार्यकर्ताले श्रेय लिन सामाजिक सञ्जालमा लडाइँ गरिहेको थेगिमले आरोप लगाउनु भयो ।

गत कात्तिक दोसो साता पूर्वाधार विकास मन्त्रालय सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय दमकले दमक चिसापानी सडक कालोपत्रका लागि एम.एस महालक्ष्मी जय धनाञ्जय जेभी काठमाडौको बोलपत्र स्वीकृत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu