डुब्बाटोलीका बासिन्दा बाढीको उच्च जोखिममा

झापा । झापा गौरादह नगरपालिका– ५ स्थित चाप्रामारी बजार पश्चिम डुब्बाटोलीका बासिन्दा बाढीको उच्च जोखिम रहेको छ । रतुवा नदीमा पानीको जलस्तर बढेपछि सो क्षेत्रका एक सय परिवार बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । रतुवा नदीको पानी गाउँ छिर्न नदिन त्यस क्षेत्रमा १५० मिटर बाँसको पाइलिङ्ग लगाउनु…