मनसुनजन्य विपद् : २५ जनाको मृत्यु, २५ बेपत्ता

बिर्तामोड । यसवर्ष मनसुन सुरु भएयता २५ जनाको मृत्यु भएको छ । हिजो साँझ ५ बजेसम्मको तथ्यांक अनुसार बाढी-पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता भएको र १८ जना घाइते छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो तथ्यांक जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयताको हो । यस्तै बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ…