दुर्गा प्रसाईंसँग ढाका श्रेष्ठले रकम मागेको पुष्टि भयोः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग रकमका लागि मोलमोलाइ गरेको पुष्टि भएको बताउनु भएको छ । आज बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै सभापति लामिछानेले ढाकाले गरेको रकम वार्गेनिङ प्रकरणको अनुसन्धान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘ढाकाजीले दुर्गा प्रसाईंसँग रकम मागेको…