काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सय किलो सुन बाहिरिन नसक्ने बताउनु भएको छ ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतो बिना बाहिरिन नसक्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्वीन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ?’







प्रतिक्रिया