शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित रंगेथान सडक कालोपत्रे भएको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गरेको रिङ्गरोडबाट रंगेथान बजार जोड्ने ४५० मिटर सडक कालोपत्रे भएको हो । नगरपालिकाबाट विनियोजित २६ लाख ९३ हजार २३४ रुपैयाको लागतमा उक्त सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। नगरपालिकाले रिङ्गरोडको अवधारण ल्याएपछि नगरका दक्षिणी क्षेत्रहरु अरुतिरको तुलनामा…