झापा । महिलाले महिनावारीका बेला प्रयोग गर्ने सेनेटरी प्याडको मूल्यवृद्धिप्रति नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आपत्ति जनाएको छ । अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले विद्यार्थीलाई निःशुल्क र अनिवार्य सेनेटरी प्याड उपलब्ध गराउनको साथै सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न प्रेस विज्ञप्ति जारी गर्नुहुँदै सरकारसँग माग गर्नु भएको छ…