बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवा केन्द्रले आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको हो…