काठमाडौं - आज देशभर ८ हजार ९८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा…