मुख्य समाचार

श्रीमती संगठनको स्थापना दिवस बालआश्रममा

श्रीमती संगठनको स्थापना दिवस बालआश्रममा


बिर्तामोड । सामाजिक सेवा गर्ने उदेश्यले स्थापना भएको श्रीमति संगठनले पहिलो स्थापना दिवस मनाएको छ ।

देशभरका बिबाहित महिला संगठित भएको संगठनले बिबिध कार्यक्रम गर्दै देशभर स्थापना दिवस मनाएको हो ।

सो संगठनमा संगठित भएका झापाली महिलाले बिर्तामोडस्थित तारा नमस्ते बालग्रामका अनाथ बालबालिकालाई खाधन्न उपलब्ध गराउदै स्थापनाको पहिलो वर्ष मनाएका हुन् ।

उनिहरुले पहिलो वर्षको उपलक्ष्यमा केक काटेर १३ जना अनाथ बालबालिकासग स्थापना दिवस मनाएका छन् ।

स्वयम् सहयोग संकलन गरेर उनीहरुले १० हजार बराबरको खाधन्न उपलब्ध गराएको सरिता बरालले जानकारी दिइन ।

सामाजिक संजाल मार्फत संगठित भएका महिलाले यसअघि बिरामीलाई उपचारार्थ सहयोग गरेका थिए ।

झापामा २ हजार महिला संगठित भएको उक्त संगठनमा व्यवसायी,कर्मचारी र गृहिणी आवद्ध छन् ।

शेयर गर्नुहोस :

0
Shares