मुख्य समाचार

५३२ नेपाली विदेशी जेलमा

५३२ नेपाली विदेशी जेलमा


बिर्तामोड । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेकामध्ये ५३२ नेपाली जेल परेका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू सम्बन्धित मुलुकको कानुनविपरीत काम गरेपछि जेल परेका हुन् ।


कतिपय भने परिबन्दले जेल परेका नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए । सबैभन्दा बढी मलेसियाको जेलमा छन् ।

बोर्डका अनुसार त्यहाँ २०४ नेपाली जेलमा छन् । दोस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्समा १८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र ओमानको जेलमा दुई नेपाली जेलमा छन् । यसमध्ये महिलाको संख्या १९ छ ।

जेलमा रहेका मध्ये २५ जनालाई मृत्युदण्ड सजाय सुनाइएको छ । यो संख्या सरकारको जानकारीमा आएकाको मात्र हो । जानकारीमा नआउनेको संख्या पनि उल्लेख्य हुनसक्ने अधिकारीहरूको अनुमान छ ।

शेयर गर्नुहोस :

0
Shares