बैशाख १३, २०८२ शनिबार

ग्रानडासँग भिड्दै बार्सिलोना

एजेन्सी । ला लिगा फुटबलमा आज (शनिबार) बिभिन्न चार खेल हुँदैछ । शनिबार ला लिगामा साविक विजेता बार्सिलोनाले ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ । सिजनको सुरुआत देखिनै कमजोर बनेको बार्सिलोनाले लिगको पाँचौ खेल खेल्दैछ । बार्सिलोना र ग्रानडाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा भने मेस्सी मैदान फर्कने केही सम्भावना रहेको छ । मेस्सीले हाल सम्म ला लिगाको एउटा खेल पनि खेलेका छैनन् । च्याम्पिन्स लिगमा भने मेस्सी डर्टमण्डविरुद्धको खेलमा मैदान छिरेका थिए । लिगमा चार खेले खेलेको बार्सिलोनाले ७ अंक जोडेको छ र बार्सिलोना पाँचौ स्थानमा छ । 

ला लिगा अन्तर्गत नै एट्लेटिकोले सेल्टा भिगोलाई आतिथ्यता प्रदान गर्नेछ । शीर्ष स्थानमा रहेको एट्लेटिकोको चार खेलमा ९ अंक रहेको छ । शनिबार नै हुने अन्य खेलमा लेभान्टेले इबर र भिल्ला रियलले रियल भालाडोलिटसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]