खेल

लिभरपुलको अपराजित यात्रा कायमै

लिभरपुलको अपराजित यात्रा कायमै


प्रिमियर लिग अन्तर्गत शीर्ष स्थानको लिभरपुलले अपराजित यात्रा कायम गरेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले सेल्फिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक–एक गोल गरे ।

लिभरपुलले खेलको चौथो मिनेटमा अग्रता बनाएको थियो । लिभरपुलका लागि सलाहले गोल गरेका हुन् ।

खेलको ६४ औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुलाई २–० को जित दिलाए । जितसँगै लिभरपुलले लिगमा १३ अंकको अग्रता लिएको छ । २० खेल खेलेको लिभरपुल ५८ अंक सहित शीर्ष स्थानमा यथावत छ ।

दोस्रो स्थानको लेस्टर सिटीको ४५ अंक छ । पराजित सेल्फिडको २९ अंक छ । सेल्फिड तालिकाको ८ औं स्थानमा छ । 

शेयर गर्नुहोस :

0
Shares