Banner news

काठमाडौंमा १० दिन थपियो निषेधाज्ञा

काठमाडौंमा १० दिन थपियो निषेधाज्ञा

u’l8/x]sf ;jf/L ;fwg sf7df8f}F,!* j}zfv . ns8fpgsf] ;dodf sf7df8f}Fsf] lah’nLahf/df u’l8/x]sf ;jf/L ;fwg . t:jL/ M rGb|snf If]qL,/f;;

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ ।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो । साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares