मुख्य समाचार

कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष

कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष


काठमाडौँ। कोभिड–१९ को अल्फा भेरियन्टको तुलनामा डेल्टा भेरियन्ट खतरनाक रहेको एक अध्ययनले देखाएको छ ।

बेलायतमा गरिएको एक अध्ययनले अहिलेको अवस्थामा अल्फाको तुलनामा डेल्टा भेरियन्टका सङ्क्रमित दुई गुणा बढीले अस्पताल भर्ना हुने गरेको देखाएको हो । बेलायतमा पछिल्लो समय डेल्टा भेरियन्टको सङ्क्रमण अत्याधिक फैलिएको छ । जानकारहरूका अनुसार कोभिडका सबै भेरियन्ट सङ्क्रमणबाट हुने जोखिम कम गर्न कोरोनाविरुद्धको खोप महत्त्वपूर्ण साबित भएको छ ।

मेडिकल पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अनुसन्धानमा ४३ हजार बढी सङ्क्रमितलाई सहभागी गराइएको थियो । सहभागीमध्ये धेरैजसो कोरोनाविरुद्धको कुनै पनि खोप नलगाएका थिए । बेलायतमा १६ वर्ष भन्दा माथि उमेर समूहका करिब ८८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइसकेका छन् भने ७८ प्रतिशतले दुवै खोप लगाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares