बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको ५ पदाधिकारीका लागि २४ जनाको उम्मेद्वारी परेको छ । बिहीवार ३ बजेसम्म ३ अध्यक्षसहित बाँकी पदाधिकारी बन्न इच्छुकले उम्मेद्वारी दिएका हुन् ।
बिर्तामोडमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचनका लागि मनोनय दर्ता सकिएको छ । बिर्तामोडको अध्यक्ष पदमा ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सुवास भट्टराई, उमानाथ ओली र नगेन्द्र संग्रौलाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
नगर अध्यक्षका लागि १४ जना आकांक्षी थिए । त्यसमध्ये १० जनाले बुधबार साँझसम्म ‘ब्याक’ भएका थिए । नन्दलाल खरेलले समेत अध्यक्षमा उम्मेद्वारी नदिने भएपछि ३ जनाले मात्रै उम्मेद्वारी दिएका छन् । यस्तै, उपाध्यक्षमा तुलसा खरेल, पुष्पा दाहाल,उर्मिला खरेल र कैलाश उप्रेतीले उम्मेद्वारी दर्ता गराएका छन् । सचिवमा शंकर ढुङ्गेल, शेखर कडेल, किशोर पौडेल र राजु शिलवालले उम्मेदारी दर्ता गराएका छन् । उपसचिव पद्मा १२ जनाको उम्मेद्वारी परेको छ ।







प्रतिक्रिया