बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले जाडो याम शुरु भएसंगै अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्बल वितरण कार्यक्रम शुरु गरेका छन् ।
आफ्नो वडामा रहेका एकल,गरिव,वृद्ववृद्वा,अशक्त र अपाङ्गता भएका व्याक्तिहरुको लागि कम्बल वितरण शुरु गरेका हुन् । वडाध्यक्ष कार्कीले आफ्नो वडाकार्यालयबाट बिहीबारदेखि कम्बल वितरण शुरु गरेका हुन् । वडाभित्र रहेका ६१ घरपरिवारलाई कम्वल बितरण गर्ने बताइएको छ ।
वडाध्यक्ष कार्कीले जाडोको समयमा यसबाट केही राहत मिलोस् भन्ने उद्देश्यले वितरण गरेको र वडा कार्यालयमा सबै जना लिन आउन नसक्ने भएकोहुँदा ५१ घरपरिवारलाई घरघरमा पुर्याइने जानकारी दिए । यो कार्यक्रम १ लाख रुपैयाँ बजेटको रहेको पनि जनाईएको छ ।
वडाध्यक्ष कार्कीले आफू हरेक दिन सामाजिक काममा खटिने गरेको भन्दै आगामी दिनमा अझ शसक्त कार्यक्रमहरु ल्याउने बताए । यस अघि उनले कोभिड –१९को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा पनि सयौँ घर परिवारलाई खाद्यन्न लगायतका राहत सामाग्री वितरण गरेका थिए ।







प्रतिक्रिया