Banner news

मगर हत्या प्रकरण : परिवार पनि अनुसन्धानको दायरामा

मगर हत्या प्रकरण : परिवार पनि अनुसन्धानको दायरामा


विर्तामोड । बिर्तामोड–५ महानन्द चोकमा मासु व्यवसाय गर्दै आएका इन्द्र बहादुर मगरको हत्या भएको २० दिन भइसक्यो । प्रहरीले घटना बारे अहिलेसम्म यथार्थ बारिह ल्याउन सकिरहेको छैन । झापा प्रहरीका अनुसार दिनरात सोही घटनाको अनुसन्धान गर्ने काम भइरहेको छ ।
महानन्द चोकमा मगरको असोज २४ गते साँझ ८ बजेपछि हत्या भएको थियो । प्रहरीले सो समयमा मानवीय चहलपहल समेत नहुँदा अनुसन्धानमा समस्या भएको जनाएको छ । घटना स्थलमा कोही प्रत्यक्षदर्शी समेत नहुँदा अनुसन्धानमा कठिनाई भएको प्रहरीको भनाई छ ।

घटना भएको क्षेत्रमा सडक बत्ती समेत नभएको र सीसी क्यामेराबाट समेत पहिचान गर्न गाह्रो भएको बताइएको छ । अन्दाजको भरमा कसैलाई पनि कारवाहीको दायरामा ल्याउन नमिल्ने झापाका प्रहरी प्रवक्ता राकेश थापा बताउँछन् । उनका अनुसार निरन्तर सोधपुछको काम चलिरहेको छ । झापा प्रहरी र प्रदेश प्रहरीको कार्यालय विराटनगरबाट समेत व्यापारी हत्याको घटनामा अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि मगरको परिवारलाई समेत कडा निगरानीमा राखिएको छ । परिवार र उनका नजिकका १ सय जना व्यक्तिलाई सोधपुछ गरिएको प्रहरीको भनाई छ ।
सोधपुछका लागि परिवारबाट ल्याइएका व्यक्तिको नाम खुलाइएको छैन । प्रहरी स्रोत भन्छ, अहिले सोधपुछको लागि मात्र ल्याएको हो ।

शेयर गर्नुहोस :

0
Shares