बिर्तामोड

जापान जान रोकिएका विधार्थीलाई आर्थिक भार

जापान जान रोकिएका विधार्थीलाई आर्थिक भार


बिर्तामोड । कनकाई –३ सुरुङाकी प्रतिमा पाठनले जापान जान पर्खेको २ वर्ष वित्यो । उनले आफन्तसँग कर्जा लिएर १२ लाख नेपाली जापानस्थित कलेजलाई पठाइन् । भिजा आउन ३-४ दिन बाँकी रहँदा कोरोना महामारी शुरु भयो । त्यसबेलादेखी नेपाली विधार्थी जापान जान पाइरहेका छैनन् । उनले कोरोना महामारी कै कारण भिजा पाउन सकिनन् ।

पाठक मात्र होइन, नेपालमा हजारौं विधार्थी जापान जाने पर्खाइमा बसेका छन् । उनले जनवरीसम्म पखिर्ने बताइन् । २ वर्ष वितिसक्यो, अब जाने धेरै आशा छैन – उनले भनिन् । नयाँ विधार्थीका लागि दुतावास नखुलेका कारण विधार्थीहरु जापान जानबाट रोएिका हुन् । पाठक १२ लाखको व्याज तिर्दै जापान जाने आशामा बसिरहेकी छन् ।

यस्तै, अर्जुनधाराका अनिस तिम्सिनाले जापानस्थित कलेजलाई नेपाली १७ लाख बुझाइसकेका छन् । उनले पनि कर्जा लिएर जापान जाने खर्च जुटाएका थिए । उनी पनि कोरोना महामारी कै कारण रोकिएका हुन् ।

सन् २०२० को अप्रिलबाट नेपाली विधार्थी जापान जान नपाएको परामर्श दातृ संस्था बिर्ता सिटी इन्टरनेशनल बिर्तामोडका सञ्चालक अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार अबको नोभेम्बरबाट विधार्थी लैजाने आश्वासन मिलेको छ । नेपालका करिव ३ हजार विधार्थीले जापानका कलेजहरुलाई ७ लाख देखी १६ लाखसम्म रकम बुझाई सकेका छन् । सिओई पाइसकेका १२ हजार भन्दा बढी विधार्थी जापान जाने सपना बोकेर बसेका छन् ।

इक्यानले प्रधानमन्त्री शेर बहादुर देउवा, शिक्षा मन्त्री, जापानिज दुतावासलाई तत्काल विधार्थी लैजानका लागि पहल गरिदिन ध्यानाकर्षण गराइसकेको छ । जापानले रोकिएका विधार्थीहरुका लागि २०२२ नजवरी ३१ सम्म सिओईलाई मान्यता दिएको सापकोटाको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares