बिर्तामोड

बिर्तामोडमा अनेरास्ववियुको देउसीभैलो

बिर्तामोडमा अनेरास्ववियुको देउसीभैलो

??????

बिर्तामोड । अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन बिर्तामोड नगर कमिटीले तिहारको पूर्व सन्ध्यामा देउसीभैलो खेलेको छ । बिर्तामोडस्थित पार्टी कार्यालयमा सोमवार आयोजित शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा विधार्थीले देउसी खेल्दै तिहारको स्वागत गरेका छन् ।

कार्यक्रममा विधार्थीहरुले नृत्यसँगै गायन प्रस्तुत गरेका थिए । अनेरास्ववियुमा आवद्ध विधार्थीले सांस्कृतिक पर्वहरुलाई जगेर्ना गर्दै पर्वहरुलाई सभ्य र भव्य बनाउन जोड दिए । बिर्तामोड अध्यक्ष सन्तोष तिम्सिनाको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य निता घतानी, सचिवालय सदस्य मनोज ताम्ली, नेकपा एमाले झापाका सदस्य टिकाराम मंग्राती, विधार्थी नेताहरु कमल पौडेल, समर्पण खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares