Banner news

झापा ३ मा प्रतिनिधि चयन, बानियाँको सर्वाधिक मत

झापा ३ मा प्रतिनिधि चयन, बानियाँको सर्वाधिक मत


बिर्तामोड । नेकपा एमालेको १० औं महाधिवेशनका लागि झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि चयन गरिएको छ । आकांक्षीमध्ये ६ जना खुला र २ महिलासहित ८ जना निर्वाचित भएका छन् ।

झापा –३ मा प्रदेश सांसद् समेत रहेका बसन्त बानियाँको सर्वाधिक मत ल्याएका छन् । उनले १९०९ मत ल्याउन सफल भए । प्रतिनिधि छनोटको निर्वाचनमा २८७२ खसेको थियो भने २६५३ मत सदर भएको थियो । निर्वाचन परिणाम अनुसार बसन्त बाँनिया, लक्ष्मण पाठक, जीवन श्रेष्ठ, डम्बर बहादुर गिरी, तिल बहादुर राई निर्वाचित भएका छन् । यस्तै, हरि तिम्सिना र मोहन चन्द्र रेग्मीले बराबरी मत १०५५ मत ल्याउदै विजयी भए । महिला तर्फ शुभलक्ष्मी राई र चन्द्रा श्रेष्ठ निर्वाचित भएका छन् । महिलामा ६ जना र खुला तर्फ १५ जना निर्वाचनमा उम्मेद्वार बनेका थिए ।

शेयर गर्नुहोस :

0
Shares